Friday, 1 May 2020
Thursday, 30 April 2020
Annual Examination Result 2076
आदरणीय अभिभावक ज्यूहरु नमस्कार।
2076 सालको बार्षिक परिक्षाको परिक्षाफल प्रकाशित गरेका छौं। परिक्षाफल हेर्दा निम्न कुराहरुमा ध्यान दिनुहोला:
१. परिक्षाफल ग्रेडिंग पद्धतिमा भएको हुँदा बिध्यार्थीको पोजिसन थाहा हुदैन ।
२. परिक्षाफल हरेक सेक्सनको छुट्टाछुट्टै प्रकाशन गरिएको छ।
३. छात्रवृत्तिको लागि सबै सेक्सनको समस्टिगत रिजल्ट बाट प्रथम, द्वितीय र तृतीय छानिनेछ।
४. बिध्यार्थीको प्रोग्रेस रिपोर्ट बिध्यालय खुलेपछि उपलब्ध हुनेछ।
५. थप जिज्ञासा केही भए हरेक कक्षाको परिक्षाफल पत्र मुनि दिईएको क्लास टिचर को फोन मा सम्पर्क गर्नुहोला।
६ . कक्षा ९ को परीक्षाफल क्रमश प्रकाशन गरिनेछ।
८. कक्षा ८ को परीक्षाफल नगरपरिक्षा समिती बाट प्राप्त भएपश्चात प्रकाशन हुनेछ।

About annual result publication 2076
The result of annual exam 2076 is fixed to be published today ,Thursday,18th Baisakh,2077. The decision of result publication has been made by today's staff meeting.
Wednesday, 29 April 2020
Result of Annual Examination 2076
THE RESULT OF ANNUAL EXAMINATION 2076 WILL BE PUBLISHED SOON. STAY CONNECTED TO US. THANK YOU.
Wednesday, 10 July 2019
NOTICE ABOUT THE FIRST TERMINAL EXAMINATION 2076 RESULT
IT IS NOTIFIED TO ALL THE USERS OF THIS APP THAT THE SUMMARIZED RESULT OF ALL SUBJECTS WILL BE PUBLISHED IN THIS APP AND IT IS ALSO TO INFORM THAT THE RESPECTIVE GUARDIANS SHOULD ATTEND THE SCHOOL ON THE DAY OF RESULT PUBLICATION TO KNOW ABOUT THE STUDENTS STUDY STATUS AND THEIR EXAM ANSWER SHEET .
FOR DETAILS CONTACT:
Nikhil Shah 9827333535(Computer teacher). Thank you.
FOR DETAILS CONTACT:
Nikhil Shah 9827333535(Computer teacher). Thank you.
SUMMER VACATION
THE SUMMER VACATION LASTS ON 5TH OF SHRAWAN 2076.
THE SCHOOL REMAINS CLOSED TILL THE DATE AND AFTER IT WILL RESUME.
THE SCHOOL REMAINS CLOSED TILL THE DATE AND AFTER IT WILL RESUME.
Sunday, 7 July 2019
FOR SEE APPEARED AND GRADUATED STUDENTS ||Motivational speech by Ravi Keeran sir, Motivational speaker.
Monday, 1 July 2019
Thursday, 27 June 2019
एस ईई कक्षा १० को नतिजा सार्बजनिक नतिजा यसरी हेर्नुहोस।

माध्यमिक शिक्षा परिसद एस ईई कक्षा १० को नतिजा आज सार्बजनिक भएको छ।
नतिजा प्रकाशन भए लगत्तै नेट डाटाबेस अप्डेटिङ हुने भएकोले कृपया नतिजा प्रकाशन भएकोव १० देखि २० मिनेट SMS सेवा नलिदिनुहोला तपाईको रुपैया खर्छ मात्र हुन सक्छ। रिजल्ट आईसकेको छ, पछि जति खेर हेरेपनि हुन्छ। wapsite मा हेर्ने हरुले सबै wapsite चेक गर्नुहोला कुनै Wapsite मा ढिला अपडेट हुन्छ।
यी बर्ष नियमित र अनियमित ४ लाख ७० हजार ४ सय १६ विद्यार्थी परिक्षामा सहभागी भएका थिय।
यी उपाय अपनाउनुहोला।
SEE<space> symbol and send to 35001, or 31003. Best wapsite: http://see.ntc.net.np/
http://results.ekantipur.com/
http://see.edusanjal.com/
http://gov.np/results/
http//see.merostudy.com/
http://results.ekantipur.com/
http://see.edusanjal.com/
http://gov.np/results/
http//see.merostudy.com/
Saturday, 22 June 2019
Tuesday, 18 June 2019
"पिटेर होइन माया गरेर पढाऔं"
विद्यार्थीलाई नपिटेर कसरी पढाउन सकिन्छ भनेर अधिकांश शिक्षकसँग ज्ञान छैन । सामुदायिक, निजी र धार्मिक सबै स्कुलका शिक्षकलाई के भ्रम छ भने ‘बच्चालाई पिटनुपर्छ, पिटेपछि आफूले भनेको मान्छ ।’
विद्यार्थीलाई सजाय पनि थरीथरीले दिने गरिन्छ । शिक्षकले पिट्ने, साथीमार्फत् पिटन लगाउने, विद्यार्थीलाई आफैं सजाय गर भनेर कान समात्न लगाउने गरिएको पाइएको छ । विद्यार्थीलाई शारीरिक मात्र होइन मानसिक सजाय पनि दिइने गरिएको छ । ‘यसरी पनि पढ्ने हो ? यति पनि पढ्न आउँदैन ? तँ भन्दा बढी त फलानो अनुशासित छ ?’ यसरी विद्यार्थीलाई मानसिक सजाय दिँदा आत्मग्लानी हुन्छ ।
विद्यार्थीले विद्यालयमा मात्र होइन । घर आइसकेपछि पनि सजाय पाउँछ । अरूको छोराछोरीसँग तुलना गरेर होच्याउने मात्र होइन । जानेन भनेर पिट्ने पनि गर्छन् अभिभावकले । दुवैको (शिक्षक र अभिभावक) को उद्देश्य जसरी पनि पढाउने हुन्छ । पढाउने प्रक्रियालाई सजायसँग जोडियो ।
यसलाई संस्कृति र प्रवृत्तिसँग जोड्नुपर्छ । पाँच वर्षसम्म पाल्नुपर्छ, १५ वर्षसम्म पिटपाट पारेर तह लगाउनुपर्छ । १६ वर्षको भएपछि मात्र बल्ल साथीको जस्तो व्यवहार गर्नुपर्छ भन्ने प्रवृत्ति रहेको देखिन्छ । विद्यार्थीले पढ्ने र गृहकार्य गरेन भने भने दण्डसजाय दिनुपर्छ भन्ने संस्कार बस्यो । विद्यार्थीले पनि त्यही बुझ्यो ।
बुवाआमासँग डराउने बालबालिकाको शब्दभण्डार कम हुन्छ भने नडराउनेको शब्दभण्डार बढी हुन्छ । किनकि खेलिरहने बालबालिका आमाबुवासँग सोधिरहेका हुन्छन् ‘यो के हो ? कसरी भयो ? किन भयो ? कहाँबाट आयो ?’ हामीले नझर्केर जानकारी दिने हो भने बालबालिकाका लागि त्यो सिकाइ हुन्छ । तर, किन चाहियो ? भनेर भन्ने हो भने तपाईँले गलत गर्नुभयो । बालबालिकाको सिक्ने अधिकारमा हस्तक्षेप गर्नुभयो ।
बालबालिकासँगको व्यवहार, उनीहरूजाई कसरी बुझ्ने, बालबालिकाले कसरी चाँडो बुझ्छन्, के कुरामा बढी चाँसो हुन्छ त्यसलाई ख्याल गरेनौं । आफू मात्र जान्ने भयौं । शिक्षकको त्यही प्रवृत्ति हाबी भयो । कोही विद्यार्थीले विद्यालय जान मन लाग्दैन भन्यो भने त्यो उसको समस्या होइन शिक्षक र अभिभावको समस्या हो । विद्यालयमा शिक्षकले दण्ड दिन्छ अनि घरमा अभिभावकले । त्यही भएर विद्यार्थीमा नैरश्यता पैदा हुन्छ । बच्चालाई खेल्न मनपर्छ । तर, शिक्षकलाई खेलबाट पढाउने विधि थाहा छैन ।
दण्डको असर
एक प्रकारका बालबालिका हुन्छन् शिक्षक, अभिभावकले पिट्यो भने डर मानेर भए पनि पढ्छन । तर, अर्काे थरी बालबालिका आफ्नो स्वाभिमानमा उभिएका हुन्छन् । दण्ड–सजायले उनीहरूको पढाइमा लगाव रहँदैन कि वितृष्णा जाग्छ र स्कूल नै छोडिदिन्छन् । ती बालबालिका ‘पढ्नकै लागि पढिदिन्छन्’ ।
शिक्षक नहुनुपर्ने मान्छे पनि शिक्षक बने । बालबालिकालाई पिट्न भनेर विद्यालय पठाइएको होइन, सिकाउन पठाइएको हो । तर, हामी जान्ने भएर पिट्न थाल्यौं– त्यसले उनीहरूलाई सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी प¥यो ।

अब बालबालिकालाई पढाउने प्रक्रियाहरू परिवर्तन गर्नुपर्छ । पहिले बालबालिकालाई डराएर, तर्साएर पढाइने गरिन्थ्यो । अब त्यो प्रक्रिया काम लाग्दैन । कोही बालबालिकाले पढन मन गरेन भने शिक्षक र अभिभावकलाई एक ठाउँमा राखेर कारण खोज्नुपर्यो । कोही बालबालिका घरमा खेल्न मात्र मन पराउँछन् भने अब ती बालबालिकालाई खेल माध्यमबाट पढाउनुपर्ने भयो । कोही बालबालिका गीतसंगीत मात्र सुन्छ भने त्यही विधि प्रयोग गनुपर्ने हुन्छ । शिक्षक परिवर्तनशील हुनुपर्यो । जस्तैः कोही बालबालिकाले दण्डीबियो खेल्न चाहाना राख्यो भने खेल्न दिनुस् । दण्डीबियो खेल्दा बालबालिकाले थाहा पाउँछन्, कतापट्टिी हिर्काउनुपर्छ भनेर थाहा पाएमा कोण पढ्छन्, बियो र दण्डीको अनुपात पढछन् ।
बालबालिकाले सबै क्रियाकलाप गर्छन् । तर, ती क्रियाकलाप ‘पढेको हो’ भनेर बालबालिकाले थाहा पाउनुपर्यो । खेलिरहेका बालबालिकालाई बाध्य पारेर किताब पढ्न लगायो भने पढ्दैनन् । पढेमा पनि ‘पढ्नकै लागि’ पढिदिन्छन् । बालबालिकालाई पढाउने भनेकै खेलको माध्यमबाट हो । ‘खेल, खेल, खेल, अनि सिक’ ।
बच्चाले कहिलेकाहीँ बदमासी गर्न सक्छन् । तर, बदमासी गर्याे भन्दैमा पिट्ने होइन सम्झाइबुझाइ गर्नुपर्छ । ‘यो गलत हो, गलत गरेमा के हुन्छ थाहा छ ? यसरी नै सोध्नुस् बालबालिकाले आफैं बुझ्छन् ‘बदमासी’ गर्नुहुँदैन भनेर । पिट्नु भयो भने झन् बदमासी गर्न सक्छन् । त्यसो गरेमा ‘पुलपुलायो’ भन्ने गरिन्छ । हामीले गलत बुझेका हौं । बालबालिका आफैं उत्सुक भयो भने बढी जान्दछन् तर, तपाईँले भनेका कुरा मात्र पढ्यो भने खासै बुझ्दैनन् ।
ठूलाले भनेको सानोले मान्नुपर्छ तर, सानाले बढी जान्ने बन्नु हुँदैन भनेर गलत बुझेका छौं । बालबालिकाले भनेको शिक्षक र अभिभावक दुवैले मान्नुपर्छ । यसले पठनकलामा सहयोग गर्छ । हिजो शिक्षक जान्ने भएकाले उसले भनेका कुरा सुनेर सिक्नुपर्थ्यो । तर, अब शिक्षकभन्दा विद्यार्थी बढी जान्ने भइसके, प्रविधिले गर्दा । अबको बालबालिकाले आफूले जानेका कुरा शिक्षक र अभिभाकलाई सुनाउन पाउनुपर्छ । यदि सुनिदिएनौं भने बालबालिकाको सिकाइमा असर पर्छ । हिजोको जसरी पढायौं भने शिक्षक पनि काम लाग्दैनन् । शिक्षकले पनि रुपान्तरण हुन जरूरी छ ।
पढाउने विधिमै समस्या
शिक्षकले पढाउने शैली र विधिमै समस्या छ । जसले विद्यार्थी बुझ्दैनन् । अनि दण्ड–सजायको भागिदार हुन्छन् । शिक्षकसँग जुन किताब हुन्छ, त्यही किताब बालबालिकासँग पनि हुन्छ । शिक्षकले पढाउने र विद्यार्थीले पढने किताब एउटै हुन्छ । त्यही कुरा दोहो¥याएर शिक्षकले भन्दा विद्यार्थीलाई झर्काे लाग्छ, उत्सुकता जाग्दैन । शिक्षकले त नयाँ कुरा दिने हो, दिन सक्नुपर्छ । बालबालिकाले जानेका कुरामा शिक्षकले जोड्ने हो र मात्र सिकाइप्रति उत्सुकता जाग्छ । बालबालिकाले जानेका कुरालाई शिक्षकले जोडिदिने हो । बालबालिका उत्सुक भयो भने आफै पढन थाल्छन् अनि दण्ड–सजाय किन चाहियो ?

यसो भनिरहँदा अहिले बालबालिकालाई विद्यालयमा दिइने सजायमा केही कमी आइसकेको छ । पहिले धेरै सन्तान हुन्थे, रेखदेख, लालनपोषणमा त्यति मतलब गर्दैनथे । तर, अब एक–दुई सन्तान जन्माउने प्रचलन छ । पढाउने शिक्षक पनि त्यही हुन् जसले एक–दुई सन्तान मात्र जन्माएका हुन्छन् । रहरको बच्चा हो । घरमा आफ्ना सन्तानलाई मायाममता दिने शिक्षकले विद्यालयमा गएर अरूका छोराछोरीलाई पिट्ने हिम्मत गर्दैनन् । डर मान्छन्, मायाममता जाग्छ ।
यति भन्दाभन्दै पनि अहिले विशेषगरी शहरका बालबालिकाले फरक किसिमको सजाय पाइरहेका छन् । त्यो हो दुईदेखि अढाइ वर्षमै मन्टेश्वरीमा पठाउने । मन्टेश्वरी पढ्ने होइन, खेल्ने र रमाउने ठाउँ हो तर, हामी जबरजस्ती अक्षर चिन्न सिकाउँछौं । पहिलेका बालबालिका बाख्रा, गाइभैँसी हेर्न गए पनि सिक्थे । हिँड्थे, डुल्थे, खेल्थे ।
तर, अहिले त विशेषगरी शहरका बालबालिका हिँड्नै पाउँदैनन् । स्कुल जाँदा पनि बसमा कोच्चिएर जानुपर्छ । स्कुलमा खेल्ने ठाउँ हुँदैन, कक्षामा थुनिनुपर्छ । घर आयो बाहिर निस्कन पाउँदैनन् । शहरीया क्षेत्रमा झनै गाह्रो छ । यो पनि एक प्रकारको सजाय हो ।
अब माध्यमिक तहसम्मको शिक्षा सञ्चालनको अधिकार स्थानीय सरकारको काँधमा आएको छ । शिक्षकहरूलाई गाउँ, नगरपालिकाको सञ्जालमा जोड्नुपर्छ, संघसंगठन जस्तो होइन ।
बालबालिकालाई कसरी दण्ड नदिएरै पढाउन सकिन्छ छलफल गर्नुपर्छ । ‘मैले नपिटेरै पढाएँ’ भनेर कोही शिक्षकले भन्यो भने अरूले पनि अनुशरण गर्नुपर्यो । पिटेर पढाएका बालबालिका हेर्नुुस् शिक्षक नभएका बेला बेन्च भत्काएर बर्बाद पारिदिन्छन् । त्यसो हो भने तपाईँ भएका बेला मात्र अनुशासनमा बस्ने र नभएका बेला चकचक गर्न थाले भने हामीले पिटेको काम लाग्दैन भन्ने प्रमाणित हुन्छ । पिटेर पढाएका र नपिटेर पढाएका बालबाबालिकाको शारीरिक र मानसिक विकाससँगै सिकाइ उपलब्धी, शब्दभण्डारको तुलना गर्न थालौं । त्यहीँबाट विचार आउँछ । जुन शिक्षक पहिले विद्यार्थी छँदा पिटाइ खाएर पढ्यो अनि अहिले पिटेरै पढाउँछ उसको व्यवहारमा परिवर्तन आउँछ । बालबालिकालाई शिक्षक र अभिभावकले दिने सजायलाई बालअधिकारको दृष्टिबाट हेर्नुपर्छ ।
स्थानीय सरकारले मापदण्ड बनाएर ‘सम्मानित शिक्षक’ को वर्गीकरण गर्नुपर्छ । त्यसमा पहिलो प्राथमिकता ‘नपिट्ने शिक्षक’ लाई राख्नुपर्छ । अबको शिक्षक चरा होइन कुखुरा जस्तो हुनुपर्छ । चारो लगेर बचेराको मुखैमा राखिदिने होइन कुखुराझैँ खोर्स्रर राखिदिने हो ‘बालबालिकाले आफैं पढ्छन् । अनि सिक्छन् पनि ।’
Sunday, 16 June 2019
Refreshment and interaction programme for guardians/parents
1st of Ashad, 2076
Lovely Angels English Boarding School organized Refreshment and interaction programme for guardians/parents of Pre-Primary level students.
It was very useful and informative for respective parents. They got entertained as well as knowledge on how to behave with their children and what to do for improvement of their children's status. The training was conducted at the school's premises by CTF Nepal.

Saturday, 15 June 2019
Monday, 3 June 2019
पाँच घण्टाभन्दा बढी बच्चालाई स्कुलमा राख्दा शारीरिक र मनोवैज्ञानिक असर पर्छ !
बालबालिकाको पहिलो विद्यालय भनेकै घर हो । त्यसपछि मात्र अरू शैक्षिक संस्था, शिक्षक अगाडि आउँछन् । एउटा बच्चा विद्यालय गएन तर घरमा राम्रो वातावरण पायो भने राम्रो व्यक्ति बन्न सक्छ तर घरबिनाको बच्चाले विद्यालय पाउँदैमा सफल हुन्छ भन्ने छैन । हामीले बालबालिकालाई सिर्जनशील बन्न सिकाउँदै छौँ कि कडा अनुशासनमा राख्न जोड दिँदैछौँ ? मिलन पाण्डेले एउटा लेखमा लेखेका थिए ‘विद्यार्थी प्रत्येक दिन स्कुल जाँदै छ, अनि आफ्नो सिर्जनशीलता गुमाएर फर्किंदै छ ।’
नेपालमा विद्यालय तहबाटै बालमस्तिष्कमाथि शासन सुरु गरिन्छ । उनीहरुलाई कैदी जस्तो बनाई नैतिकता र स्वतन्त्रताको पाठ पढाइन्छ । नेसनल सेन्टर फर टाइम एन्ड लर्निङको एउटा अनुसन्धानअनुसार आठ घण्टाको स्कुल समयमा विद्यार्थीहरु स्कुलमा प्रतिवर्ष दुई सय अतिरिक्त घण्टा खर्च गर्छन् । विज्ञहरु भन्छन्, ‘स्कुलमा धेरै समय बिताउँदा बालबालिकाको सिक्ने, शैक्षणिक उपलब्धि बढाउने र सामाजिक, आर्थिक उपलब्धिको ढोका बन्द हुन्छ ।’
८ देखि १० कक्षासम्म पढ्ने विद्यार्थीहरू आठ बजे स्कुल जानका लागि सात बजे घरबाट हिँड्नुपर्छ । साँझ घर फर्किंदा पाँच बज्छ । ट्युसन क्लास वा अतिरिक्त कक्षा भनेर स्कुलमा बिहानबाट साँझसम्म विद्यार्थीहरू राख्ने गरिन्छ । लामो समय स्कुलमा समय बिताउँदा थकानको कारण न अतिरिक्त क्रियाकलाप प्रभावकारी हुने गर्छ न शिक्षकले पढाएको नै प्रभावकारी हुन्छ ।
चाहविल बस्ने मनिषा पाण्डे भन्छिन्, ‘घर आएर छोरासँग बोल्ने पनि फुर्सद हुँुदैन । आएर होमवर्क गर्छ अनि सुत्छ । बिहान आठ बजेबाट स्कुल सुरु हुन्छ, साँझ पाँच बजे फर्किन्छ । तर परीक्षामा राम्रो नम्बर पनि ल्याएकोे हुँदैन । शिक्षकहरु पनि स्कुलमा फेल भयो, फेरि अतिरिक्त क्रियाकलाप गराउनुपर्छ भन्छन् । न छिटो घर आउँछ न राम्रो नम्बर ल्याउँछ ।’

अभिभावकहरु घरमा छोराछोरीले दुःख दिन्छन् वा जागिरे भएको कारण छोराछोरीलाई ख्याल राख्न पाइँदैन भनेर लामो समयसम्म पढाइ हुने वा लामो समय राखिदिने स्कुल खोज्छन् । बच्चालाई स्कुलले राखिदिने ५, ६ घण्टा समय पनि थोरै हुन्छ ती अभिभावकलाई । तर ती अभिभावकले स्कुलमा धेरै समय रहने बच्चामा पर्ने नकारात्मक प्रभावबारे भने बुझेका हुँदैनन् ।
शिक्षाविद् टम हाइर्कले भनेका छन्, ‘२१औँ शताब्दीका विद्यार्थीलाई, २०औँ शताब्दीका शिक्षक, १९औँ शताब्दीको पाठ्यक्रम र १८औँ शताब्दीको विधिले पढाइँदै छ ।’ साना बालबालिकाले घर पुगेर खेल्ने अराम गर्ने टीभी हेर्ने समय नै पाउँदैनन् । बिहान गृहकार्य, दिनभरी स्कुल र साँझ फेरि गृहकार्य । स्कुलमा पनि ३०, ४० मिनेट खाजा खाने समय मुस्किलले छुट्टिन्छ । फिनल्यान्डको स्कुल समयमा विद्यार्थीलाई प्रत्येक घण्टा १५ मिनेट खेल्ने र उफ्रिने समय छुट्याइएको हुन्छ ।
अभिभावकहरु घरमा छोराछोरीले दुःख दिन्छन् वा जागिरे भएको कारण छोराछोरीलाई ख्याल राख्न पाइँदैन भनेर लामो समयसम्म पढाइ हुने वा लामो समय राखिदिने स्कुल खोज्छन् । बच्चालाई स्कुलले राखिदिने ५, ६ घण्टा समय पनि थोरै हुन्छ ती अभिभावकलाई । तर ती अभिभावकले स्कुलमा धेरै समय रहने बच्चामा पर्ने नकारात्मक प्रभावबारे भने बुझेका हुँदैनन् ।
मनोविज्ञ सन्देश ढकाल भन्छन्– ‘स्कुलको वातावरणमा पनि भर पर्छ । पढाउने, लेखाउने र थुनेर राख्ने मात्र क्रियाकलाप हुने स्कुलमा नकारात्मक प्रभाव पर्छ नै ।’‘ठूलो उमेरका विद्यार्थीका लागि एसईई वा अरू तहमा नतिजा देखाउने चलन छ । सङ्ख्यात्मक र मात्रात्मक हिसाबले नतिजा ल्याउनका लागि बिहानबाट साँझसम्म स्कुलमै राख्ने गरेको पाइन्छ । त्यसैले त्यो उमेरका बालबालिकाको खेल्ने र कुद्ने क्रियाकलाप पनि पढ्ने जत्तिकै आवश्यकता हो ।’
तर बिहानबाट बेलुकीसम्म विद्यालयकै रोहबरमा र नियन्त्रणमा राखेर पढाउँदा उनीहरुले गर्न पाउने सामान्य क्रियाकलाप पनि गर्न नपाउँदा विकासमा नकारात्मक असर पार्ने तर्क उनको छ । उनी भन्छन्, ‘स्कुलमा थाकेर आएको हुन्छ । घर आएर पनि केही गर्न सक्दैन । छरछिमेकमा पनि घुलमिल हुन सक्दैन । त्यसले नकारात्मक प्रभाव पार्छ ।’
उनी भन्छन्– ‘कलिला उमेरका बालबालिकालाई परिवारको सम्पर्कबाट टाढा राख्नु भनेको आफैँमा नकारात्मक प्रभाव हो । बच्चालाई बाबुआमाको नजिक बस्नुपर्ने र खेल्नुपर्ने हुन्छ ।’डीएभी सुशील केडिया विश्व भारती हाइयर सेकेन्डरी स्कुलका भ्वाइस प्रिन्सिपल रामचन्द्र खनाल भन्छन्, ‘साना नानीलाई पाँच, छ घण्टाभन्दा बढी स्कुल राखिरहनु भनेको उनीहरुको मनोवैज्ञानिक, शारीरिक विकासको लागि उपयुक्त हुँदैन । किनभने धेरै समय स्कुलमा राख्नु पढाइरहुन भन्ने सबै अभिभावकको चाहना हुन्छ तर लामो समय विद्यार्थीलाई स्कुलमा राख्दा पढाइप्रति नै वितृष्णा पैदा हुन्छ भन्ने ती अभिभावकलाई थाहा हुँदैन ।
‘परिवारमा बच्चा सबैको आकर्षणको केन्द्र हुन्छ । विद्यालयमा हेर्ने र ख्याल गर्ने मान्छे त राखेको हुन्छ तर एकजना मान्छेले १५, २० जना बच्चा हेर्नुपर्छ ।’‘धेरै समय स्कुल विताउने बच्चाको स्कुलमा गहिरो लगाव पनि हुँदैन । त्यो उमेरमा बालबालिको लगाव राम्रो हुन पाएन भने त्यतिबेला पूरा नभएको कुरा पछिसम्म असर देखिरहन्छ । कसैसँग नजिकको सम्बन्ध बनाउन नसक्ने भावनात्मक सम्बन्ध स्थापित गर्न नसक्ने जस्ता समस्या पछि देखिन सक्छन् ।’
हाम्रो समाजमा बच्चा दुई वर्षको भएपछि स्कुल पठाइहाल्ने चलन छ भन्दै उनी भन्छन्, ‘पढाउने, लेखाउने र शारीरिक क्रियाकलाप पनि छ भने २, ३ घण्टा स्कुल पठाउने कुरा ठिकै हो तर ड्रेस लगाएर, झोला बोकेर दुई वर्षको बच्चालाई स्कुलमा पढाउने, लाइन लगाएर राख्ने गतिविधि भयो भने त्यसले नकारात्मक असर पर्छ ।
डीएभी सुशील केडिया विश्व भारती हाइयर सेकेन्डरी स्कुलका भ्वाइस प्रिन्सिपल रामचन्द्र खनाल भन्छन्, ‘साना नानीलाई पाँच, छ घण्टाभन्दा बढी स्कुल राखिरहनु भनेको उनीहरुको मनोवैज्ञानिक, शारीरिक विकासको लागि उपयुक्त हुँदैन । किनभने धेरै समय स्कुलमा राख्नु पढाइरहुन भन्ने सबै अभिभावकको चाहना हुन्छ तर लामो समय विद्यार्थीलाई स्कुलमा राख्दा पढाइप्रति नै वितृष्णा पैदा हुन्छ भन्ने ती अभिभावकलाई थाहा हुँदैन ।’‘कुन तहको बच्चा हो, त्यसमा पनि भर पर्छ । विद्यार्थीलाई पढाउनेभन्दा अन्य क्रियाकलाप महत्त्वपूर्ण हुन्छन् । लामो समयसम्म विद्यालयमा राख्दा बौद्धिक विकास हुन्छ भन्ने सोचाइ छ, त्यो गलत हो । पछिल्लो चरणमा विद्यार्थीहरु अल्छी हुुने पढाइलाई बोझ ठान्ने गर्छन् ।’
‘घरपरिवारमा पारिवारिक वातावरण हुन्छ । बच्चाहरु घुलमिल हुन्छन् । बस्न, हिँड्न र डुल्न पनि सजिलो हुन्छ । छरछिमेकमा स्वतन्त्र ढङ्गले खेल्ने, कुद्ने, बस्ने र अरू खालका मनोरञ्जनका काम पनि गर्न सक्छन् । त्यसैले लामो समय स्कुलमा राख्दा नराम्रो असर पर्छ ।’६ वर्षमुनिको बच्चालाई ३, ४ घण्टा र त्यो भन्दा माथिको बच्चालाई खाना खाने र खेल्ने समयलाई मिलाएर ५, ६ घण्टाभन्दा बढी समय स्कुलमा राख्नुहुँदैन भन्ने तर्क उनको छ ।
असल अभिभावक का विशेषताहरु
अभिभावक हुन पाउनु सौभाग्य हो । तर, अभिभावक मात्रै हुनु र असल अभिभावक बन्नुमा ठूलो भिन्नता छ । कोही असल अभिभावक बन्न सफल हुन्छन् त कोही हुन सक्दैनन् । सबै अभिभावक आफ्ना सन्तानको भलो, सुख र समृद्धि चाहन्छन् । कतिपय अभिभावकले त आफ्ना सन्तानमा कडा निगरानी राख्छन् । कडा रूपले प्रस्तुत हुन्छन् । हामीले सन्तानलाई असल बनाउन यसो गरे पनि यसले बालबालिकामा नकारात्मक असर पर्छ । यस्तो स्वभावले बालबालिकामा नराम्रो छाप पर्न जान्छ ।
सन्तानको आलोचना
बालबालिकाबाट गल्ती हुनु स्वभाविक हो । तर, सो गल्तीलाई अभिभावकले कसरी सच्याउने भन्ने महत्वपूर्ण हो । रचनात्मक तरिकाले सुधार्नभन्दा उनीहरूको निन्दा मात्र गर्दा, आत्म विश्वासमा ठेस लाग्ने आलोचना गर्दा यसले बालबालिकामा नपत्याउँदो असर गर्छ । अभिभावकहरू यसप्रति सतर्क हुनुपर्छ । उनीहरूलाई सकारात्मक र नकारात्मक प्रतिक्रियाबाट उत्साही बनाउन सक्नुपर्छ ।

सहयोगी वातावरण बनाउन नसक्नु
प्रायः नेपाली समाजमा सन्तानलाई सानैदेखि कडा निगरानीमा राख्ने प्रचलन छ । त्यसो गर्दा समाजलाई हेर्ने उनीहरूको दृष्टिकोण पनि रूखो हुने गर्छ । अरूको भावनाको कदर नगर्ने र समिप्यता नराख्ने स्वभाव बन्नसक्छ । उनीहरू पछि गएर आफ्नो सन्तानलाई पनि सोही वातावरणमा हुर्काउँछन् । सन्तानलाई सुहाउनेगरी कडा वातावरणमा राख्दा उनीहरूमा आत्मनिर्भर बन्ने विश्वास पनि बढ्छ । सन्तानलाई परिपक्व बनाउन यो शैली गलत त होइन तर यसबाट सन्तानको विकास स्वस्थ तरिकाले सक्दैन ।

भावनाको कदर
‘केटा मान्छे रुनु हुन्न’ यो धारणा विश्वभरका सबै पुरुषमा लागू हुन्छ । सानै उमेरदेखि आफ्ना भावनालाई दबाउनुपर्छ भन्ने सोचले बालबालिका खुलेर भावना अभिव्यक्ति गर्न सक्तैनन् । यसरी हुर्कंदै जाँदा बालबालिका डिप्रेसन, एक्लोपनको सिकार भइरहेका हुन सक्छन् । भावना अभिव्यक्त गर्ने बानीले उनीहरूलाई अरूको भावनाप्रति संवेदनशील हुन सिकाउँछ ।

सन्तानमार्फत् इच्छा पुरा गर्ने
कतिपय सन्र्दभमा अभिभावकहरू आफ्ना अधुरा र अपूरा चाहना सन्तानका माध्यमबाट पूरा गर्न खोज्छन् । आफू डाक्टर, इन्जिनियर, वकिल आदि बन्न नसके पनि सन्तान बनोस् भन्ने चाहन्छन् । तर, अभिभावकको यो इच्छाले सन्तानको इच्छा निमोठिएको छ वा छैन भन्ने पर्वाह गरिँदैन । अभिभावकको यो चाहनाले बालबालिकाको लक्ष्य पहिले नै निर्धारण गरिदिन्छ । यसले बालबालिकामा रहेको उचित प्रतिभाको प्रस्फुटन हुनसक्दैन ।

खुशीको जिम्मेवार सम्झनु
प्रायः अभिभावक आफूले सन्तानका लागि गरेको दुःख देखाएर आफ्नो खुशीको जिम्मेवार उनीहरूलाई बनाउँछन् । यसले गर्दा सन्तानले गर्ने हरेक क्रियाकलापमा असर परिरहेको हुन्छ । अभिभावकले के भन्ने हुन् वा सोच्ने हुन भन्ने पीर उनीहरूमा देखिन्छ । अभिभावक बन्नु तपाईंको इच्छा थियो भने सन्तानको व्यक्तिगत रुचिमा हस्तक्षेप गर्नु अभिभावकको स्वार्थ हो । सन्तानलाई केही समय खुल्ला पनि रहन दिनुपर्छ ।

घोचपेच
हामी आफन्त तथा साथीभाइमाझ चित्त नबुझेका कुरा व्यंग्यात्मक तरिकाले भन्छौँ । तर, उक्त व्यवहार हुर्कँदै गरेको बच्चामा उपयुक्त हुँदैन । उनीहरू ठूला व्यक्तिले जस्तै पचाउन सक्दैनन् । घोचपेचले उनीहरूलाई मानसिक आघात पर्न सक्छ । यसले उनीहरू विस्तारै परिवारमा घुलमिल हुन छोड्छन् । उनीहरूको गल्ती औंल्याउनुभन्दा पनि रचनात्मक तरिकाले प्रस्ट्याउँदा असल अभिभावकको कर्तव्य पुरा हुन्छ ।

सन्तानमा दोष थोपर्नु
घरायसी समस्या स्वभाविक हो । सबैको घरमा हुन्छ । यस्ता समस्याको दोष प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बालबालिकालाई दिइने गरेको छ । यसबाट उनीहरूको मनोविज्ञानमा ठूलो असर पर्छ । पछि गएर उनीहरू त्यही प्रवृतिका भरिया बन्छन् । यसले उनीहरू पनि आफ्ना गल्ती लुकाउन साथी, वा साना भाइबहिनीलाई दोष दिने स्वभावका हुन्छन् ।

त्रासमय वातावरण
परिवारमा माया, स्नेह, खुशीसँगै थोरै मात्रामा डरको वातावरण हुनु जरुरी छ । उनीहरूलाई अनुशासित राख्न जायज डर चाहिन्छ । तर अनावश्यक डर र त्रासमय वातावरणले भने बालबालिकालाई अनुशासित भन्दा पनि भावना अभिव्यक्त गर्न नसक्ने बनाउँछ । बालबालिकाले अभिभावकलाई डरभन्दा सम्मानले आदर सत्कार गर्न सिक्नु पर्छ । हरेक समस्या खुलस्त रूपमा व्यक्त गर्नसक्ने अभिभावक बन्नु सफलता हो ।

ध्यान केन्द्रित गराउनु
कतिपय अभिभावक बच्चाबच्चीलाई हुर्काएको, बढाएको, खानपान, हेरचाह आदी गराएको जस देखाएर उनीहरूलाई आफूप्रति सम्पूर्ण ध्यान केन्द्रीत गराउन खोज्छन् । सन्तानलाई केही समय नितान्त व्यक्तिगत समय व्यतित गर्न दिनुपर्छ ।

आर्थिक प्रतिबन्धमा राख्नु
कतिपय अवस्थामा बालबालिकालाई पैसाको प्रलोभन देखाउने गरिन्छ । आफूले गल्ती गरे पैसा वा गिफ्ट दिएर फकाउने फुलाउने स्वभाव कति अभिभावकको हुन्छ । यो एकदम गलत तरिका हो । अभिभावकले पनि आफूले गरेको गल्ती बालबालिकासँग स्वीकार गरेमा उनीहरूमा सो बानी विकास हुनजान्छ ।

मौनतामा राख्नु
बालबालिका जिज्ञासु हुन्छन् । उनीहरू उत्सुकताका साथ अनेकौं प्रश्न गर्छन् । अभिभावकले उनीहरूको उत्सुकतामा मौन रहने अथवा ‘नकराऊ’ भनेर गाली गर्ने हो भने बालबालिकाको उत्सुकता सँधैका लागि मरेर जानसक्छ ।
बालबालिका जिज्ञासु हुन्छन् । उनीहरू उत्सुकताका साथ अनेकौं प्रश्न गर्छन् । अभिभावकले उनीहरूको उत्सुकतामा मौन रहने अथवा ‘नकराऊ’ भनेर गाली गर्ने हो भने बालबालिकाको उत्सुकता सँधैका लागि मरेर जानसक्छ ।
परिधिमा बस्ने
बालबालिकाहरू प्रायः अग्रजहरूबाट सिक्छन् । अभिभावकले बालबालिकाको व्यवहार अवलोकन गरिरहेका हुन्छन् । र त्यसको अनुसरण बालबालिकाले गरिरहेका हुन्छन् । पूर्वीय संस्कृतिका अनुसार अभिभावकलाई आदर गर्नु सन्तानको कर्तव्य हो । तर, अभिभावक पनि बालबालिकासामु आदरसाथ प्रस्तुत हुनसके उनीहरूमा सो व्यवहारको अमिट छाप पर्न जान्छ ।

Sunday, 19 May 2019
STUDENTS LEADERSHIP ELECTION FOR THE YEAR 2076
STUDENTS STANDING FOR VOTING THEIR RESPECTIVE REPRESENTATIVES.
STUDENTS VOTING THEIR BEST CANDIDATES PUTTING THEIR VOTES IN BALLOT BOX.
Subscribe to:
Posts (Atom)